वक्षस्थल देखाउनमा कन्जुस्याइँ नगर्ने, खुला विचार, मस्ती र मनोरञ्ज प्रस्तुत गर्न जानेकी कलाकार भनियो भने ज्योती मगरको हकमा खास फरक पर्दैन । दुई अर्थ लाग्ने गीत संगीतदेखि अनेक स्टन्टबाजीले ज्योती चर्चामै हुन्छिन् ।उचाई, रुप, फिगरको हिसाबले ज्योती कुनै मोडल जस्ती लाग्दिनन् । तर हुन्छ उनकै चर्चा । मोडलका रुपमा ज्योती खोज्नेहरु पनि धेरै छन् । गायन त उनको महत्वपूर्ण अंश भइ नै हाल्यो ।मिठो स्वरकी धनी भएपनि ज्योतीको आवरण र कपडा लगाउने शैलीलाई बढि प्राथामिकता दिइन्छ । ज्योतीले अभिनेता राजेश हमालमाथि टिप्पणी गरेकी छिन् । नेपाल आजसँगको कुराकानीमा गफिँदै ज्योतीले राजेश हमालले जवानीमा गर्नुपर्ने कामहरु गुमाएको बताइन् । भिडियो हेर्नुहोस