राजधानीको जोरपाटीमा प्रथम निसान कप जुनियर फुटबल प्रतियोगिता भब्य कार्यक्रमका बिच सुरु भएको छ । काठमाडौ ३ प्रदेश २ का प्रदेश सांसद रामेश्वर फुयालले पेनाल्टी सुट गरेर र निसानका अध्यक्ष ओम्प्रसाद ढकालले रेफ्रीलाई बल दिएर खेलको उत्घाटन गरेका थिए । आज भएको पहिलो खेलमा लिवर्टी स्कुलले गोल्डेन फ्युचर स्कुललाई ६-० को बिशाल गोल अन्तरले पराजित गर्‍यो ।लिवर्टी स्कुलका लागि दिलिप मगरले ४ र प्रदिप तामाङले २ गोल गरेका थिए । खेलमा लिवर्टीले एकतर्फी दबाब सिर्जना गरेको थियो ।

दोश्रो खेलमा चार्ल्स डार्विन स्कुलले भेनस पब्लिक स्कुललाई ३-१ गोल अन्तरले पराजित गर्‍यो । चार्ल्स डार्विनका लागि पुरुषोत्तम खत्री,सबिन मगर र कबिर शिवाकोटी ले गोल गरे भने भेनस स्कुलको तर्फबाट आर्यान पछाईले एक गोल फर्काएका थिए । आजै भएको तेश्रो खेलमा श्रीयन्त्र स्कुलले नेशनल पयोनियर स्कुललाई ३-१ गोल अन्तरले पराजित गर्‍यो । श्रीयन्त्रका लागि रोशन चौलागाईंले २ र प्रशन राई ले १ गोल गरे भने पराजित टोलीको तर्फबाट बाबुराम बोगटीले१ गोल गरे । प्रतियोगिता अन्तर्गतको चौथो खेलमा नेपालय स्कुलले मिल्कीवे स्कुललाई५-० को विशाल गोल अन्तरले पराजित गर्‍यो ।नेपालयका लागेव निशान लोले ह्याटि्रक गरे भने सबिन तामाङले २ गोल गरे । पाचौं खेलमा छाहारी शिक्षा सदनले गोकर्णेश्वर लाईट एकेडेमीलाई ४-१ गोल अन्तरले पराजित गर्‍यो ।छाहारी स्कुलको लागी दिनेश बिक र कमल रसाईलीले २-२ गोल गरे । पराजित टोलीको लागि सान्त्वना गोल योगेन्द्र राईले गरे । प्रथम दिनको अन्तिम खेलमा रिम्स स्कुललाई ३-० ले पराजित गर्‍यो । रिम्सका लागि आशिक मगरले २ र अभिषेक राईले १ गोल गरे ।

निसान संस्थागत बिद्यालयको नेपालको सबैभन्दा ठूलो संस्थ मध्यको खो । प्रतियोगिता ३० गतेसम्म चल्ने निसानका महासचिव सौर्य आचार्यले बताए । प्रतियोगिताको मिडिया पर्ट्नर आशाका किरण डट कम,गोकर्णेश्वर अनलाइन,साझा पेज,फेवा टाईम्स र पोस्ट खबर रहेको छ ।