काठमाडौं। फेसबुक एक निजीरूपमा सञ्चालित सामाजिक सञ्जाल हो। जुन फेसबुक निगमको स्वामित्वमा रहेको छ । प्रयोगकर्ताहरूले एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन्। आफ्नो प्रोफाईल अध्यावधिक गरी साथीहरूलाई उनीहरूबारे जानकारी समेत गराउँदछन् । यसका अतिरिक्त प्रयोगकर्ताको शहर, स्कूल, कलेज या कार्यस्थलको आधारमा बनाईएका सञ्जालमा सामेल हुन सक्छन् ।

समाचार, व्यवसायिक ब्राण्ड तथा मिडिया सम्बन्धी मामलामा फेसबुकले विशेष परिवर्तन गरिदै छन् । फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएका छन् । जुकरर्बगले अब फेसबुकमा पारिवारिक सदस्य तथा साथीभाइबीचको संवादलाई महत्व दिने भएको छ । फेसबुकले अब आफ्नो पोस्टमार्फत धेरैभन्दा धेरै व्यक्तिमा लोकप्रिय भैरहेका संगठनहरुलाई भने यसले प्रभावित गर्ने पनि बताएको छ । फेसबुकको यो परिवर्तन आउने हप्तामा देखिने बीबीसीले जनाएको छ ।

फेसबुकका सिइओ जुकरबर्गलाई यस्तो प्रतिक्रिया प्राप्त भएको छ कि व्यवसायिक ब्राण्ड तथा मिडियाका पोस्टले धेरै मानिसका व्यक्तिगत कुरालाई खोसेको छ, जो एक अर्कासँग जोडिएका हुन्छन् । पोस्टमा २०१८ मा फेसबुकलाई मानिसहरुले आफ्नो समय मज्जासँग बिताउन सक्ने खालको बनाउने प्रतिवद्धता पनि जुकरबर्गले व्यक्त गरेका छन् ।

हावर्ड विश्वविद्यालयकी लारा हजार्ड भन्छिन्, ‘यसमा कुनै सन्देश छैन कि यो एउटा महत्वपूर्ण परिवर्तन हुनेछ । यसले प्रकाशकहरुलाई ठूलो असर पुग्छ । अब फेसबुक समाचारहरु कम देख्नेछन् ।