रौतह । रौतहटमा छोरीलाई अपहेलना गरेको भन्दै माईतीपक्षले ज्वाईको घरबाट दाईजो फिर्ता लिएका छन् । मागी विवाह गरेकी युवतीलाई विवाह पश्चात श्रीमानले वास्ता नगरेको भन्दै युवतीको माईती पक्षले दाईजो फिर्ता लगेका हुन् ।

विवाहमा दिइएको मोटरसाईकल, दराज, पलङ्ग, सुनका गरगहना, उपहारमा आएका गाग्री, भाँडा कुँडालगायत सबै सामान फिर्ता लानुका साथै सम्बन्ध विच्छेद गर्ने माईतीपक्षले जनाएका छन् ।

गत बैशाख १७ गते विवाह गरेकी सिराहा जिल्ला गोलबजार नगरपालिका वडा नं ७ निवासी विष्णुकुमार बराल वि।क।को छोरी राधिका बराल वि।क।को रौतहटस्थित चन्द्रपुर नगरपालिका वडा नं ५ का नारायणबहादुर कामीका छोरा शाहील वि।क।सँग मागी विवाह भए पनि छोरीलाई हेंला गरेको भन्दै दाईजो फिर्ता लगेको हो ।