काठमाडाैँ । अधिबक्ता अाेम प्रकाश अर्यालले केपी अाेली हत्यारा भएकाे अाराेप लगाएका छन् । डा. गाेबिन्द केसीकाे अान्दाेन्लनलार्इ एमाले अध्यक्ष अाेलीले अबमूल्यन गरेकाे भन्दै उनले डा. केसीकाे समर्थनमा भएककाे प्रदर्शनमा साे अाक्राेश ब्यक्त गरेका हुन् । केपी अाेलीले जुन दादागिरी देखाइरहुनुभएकाे छ केपी अाेलीकाे राजिनामा चाहान्छाैँ हामी केपी अाेलीकाे राजिनामा यस अर्थ चाहिन्छकी नेकपा एमाले भनेकाे कम्युनिष्ट पार्टी भनेकाे माफियाहरूकाे पार्टी हाे की दुखी गरिबहरूकाे पार्टी हाे ? प्रश्न गर्दै उनले भने, ”गाेबिन्द केसीकाे अान्दाेलनलार्इ जसरी खिसिटिउरी गरिरहनुभएकाे छ तपाईकाे कुर्सीबाट तपाईलार्इ हत्याउँछाैँ हामी ।

तपाई अाज माफियाकाे नाइके जस्ताे बन्नुभएकाे छ ।” अाेलीले डा केसीकाे अान्दाेलनलार्इ कमजाेर पार्न अाेलीले भूमिका खेलिरहेकाे भन्दै अर्यालले अाेलीलार्इ पनि लाेकमान, गाेपाल पराजुलीलार्इ जसरी ठेगान लगाउने अभिब्यक्ति दिए । ” हामीले एकपछि अर्काे खलपात्रहरूलार्इ ठेगान लगाउँदै अाएका छाैँ अब केपी अाेलीलार्इ पनि ठेगान लगाउँछाैँ ।” उनले केपी अाेली हत्यारा भएकाे समेत अाराेप लगाए ।

२०२८ सालमा भएकाे अान्दाेलन र झापा बिद्राेहमा अाेलीले ९ जनाकाे हत्या गरेकाे उनले जिकीर गरे । ”तपार्इँले २०२८ सालमा मान्छेकाे गर्धन छिनाउनुभएकाे छ तपाईलार्इ हामीले हत्यारा भन्न सक्छाैँ हत्यारा अदालतले तपाईलार्इ हत्यारा पुष्टी गरेकाे मान्छे हाे । तपाईकाे नैतिक चरित्र के छ हामीलार्इ थाहा छ । तपाईले कति भ्रष्टचार गर्नु भएकाे छ राज्य काेषकाे दाेहन गर्नुभएकाे छ, छर्लङग छ ।” केपी अाेली पार्टी अध्यक्ष समेत हुनका लागि नैतिकता नभएकाे मान्छे भएकाे उनकाे भनार्इ छ ।

अाेलीले भ्रष्टचारीहरूकाे संरक्षण गर्ने गरेकाे अधिबक्ता अर्यालकाे अाराेप छ । लोकमान सिंह कार्कीको बर्हिगमनका लागि उनले हेरेको मुद्धा कारक बनेपछि उनी एकाएक चर्चामा अाएका अर्यालले केही दिन अघि अध्यादेश रोकेर राष्ट्रपतिले देशद्रोही काम गरेकाे अाराेप लगाएका थिए । अधिवक्ता अर्याल डा. गोविन्द केसीले मेडिकल शिक्षा सुधारका लागि थालेको आन्दोलन र त्यसको बलमा ल्याइएको ऐनको मस्यौदाकार पनि हुन् ।