काठमाडौँ,पुस २८ । श्रम कार्यालय ताहचलमा कार्यरत एक नायव सुब्बा २ लाख ३४ हजार घुस सहित पक्राउ गरेका छन् ।

सेवाग्राहीबाट २ लाख ३४ हजार रुपैयाँ घुस लिइरहेको बेला अख्तियारको टोलीले नायव सुब्बा खगेन्द्रप्रसाद गौतमलाई पक्राउ गरेको हो । श्रम सम्बन्धि काम गरिदिने भन्दै सेवाग्राहीसँग गौतमले घुस मागेपछि सेवाग्राहीले अख्तियारलाई खबर गरेको थियो । सेवाग्राहीको उजुरीको आधारमा गौतम गोगंबुको एक एक रेस्टुरेन्टमा सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन ।



– न्युज२४बाट