काठमाडाैँ । बिबादित प्रधानन्यायाधिस् गाेपाल प्रसाद पराजुलीकाे शैक्षिक याेग्यता र नागरिकताकाे चर्चा भैरहँदा अर्काे तत्य पनि बाहिरिएकाे छ । २०४८ सालमा रत्न प्रसाद पराजुलीले उनीमाथि जुत्ता प्रहार गरेकाे तथ्य बाहिरिएकाे छ । घटना २०४८ सालका दाजुभाइबीचकाे जग्गा बिबादमा परेकाे मुद्धाकाे पेसी हटाउन माग गर्दै रत्न प्रसाद पराजुली पुनराबेदन अदालत पाटन गएका थिए । त्यतिबेला अहिलेका प्रधानन्यायाधिश गाेपाल पराजुली न्यायाधिस थिए ।

जग्गा जालसाजी मुद्धामा रत्नप्रसादले पेसी हटाउन भने न्यायाधिश पराजुलीले नमिल्ने जवाफ दिएपछि प्रश्न गरे माथिबाट नै हस्ताक्षर भएर अाइसकेकाे छ किन मिल्दैन ? पराजुलीले भने अाेए बेवकुफ तेरा बिपक्षीकाे कुरा सुनिसकियाे तैले भनेर हुन्छ पेसी फिर्दा हुँदैन । यसै पनि मुद्धा खेपिरहेका रत्नप्रसाद पनि अाक्राेशमा अाए पराजुली माथि अदालत भित्रै जाइ लागे । उनका छाेरा उपेन्द्र पराजुलीले बिगत सम्झदै भने, मेरा बुबाले यसै पनि मुद्धा लागेकाे उसै पनि लागेकाे अाक्राेशमा अदालत भित्रै पराजुलार्इ जुत्ताले बजाइ दिनुभयाे । त्याे जुता अझै पनि अदालत मै छ ।

हेराैँ रत्नप्रसादका छाेरा उपेन्द्र पराजुलीसँग गरिएको कुराकानी :