जनकपुर जयननगर रेल मार्ग निमार्णमा कमसल सामग्री प्रयोग

बर्दिबास देखि जनकपुर हुँदै भारतको जयनगरम्मको ब्रोडगेज रेल निमार्णमा कमसल सामाग्री प्रयोग भएको पाइएको छ ।

५ अर्ब ४८ करोडको लागतमा सन् २०१७ सम्ममा ७४ किलोमिटर मार्ग बनाइ रेल सञ्चालनमा ल्याउने भनिएतापनि अहिलेसम्म सञ्चालन त के निमार्णमा नै कमसल सामाग्री प्रयोग गरिरहेको निमार्णमा खटिएका मजदुरहरुले बताएका छन् ।

रेल मार्ग निमार्णको अनुगमन गर्नु पर्ने रेल्वे विभागले बेवास्ता गर्दा निमार्णको जिम्मा लिएको भारतीय कम्पनी नायक इन्फ्राष्ट्रक्चर प्रा.ली. र नेपाली कम्पनी कालिका रमण जेभिले सम्झौतामा भन्दा कमशल सामाग्री प्रयोग गरिरहेको मजदुरहरुको भनाइ छ ।

अहिले निमार्ण भैईरहेको रेलको स्टेशन भवन, कर्मचारी आवास, पलेट फर्म, लिक, माटो पुर्ने काम, ब्यांकेटिंग, लिक निर्माण, पर्खाल तथा कलभर्टमा निर्माण सम्झौता विपरित दुई नम्बर ईट्टा र सिमेन्टको मात्र निकै कम रहेको छ ।

नेपाल रेल्वे जनकपुर इन्जिनियर तथा साइट प्रमुख विनोद कुमार ओझाले रेलमार्गको अनुगमनको जिम्मा भारत सरकारले ईरकण इन्टरनेशनल कम्पनीलाई दिएको भन्दै गुणस्तरहिन कामको बारेमा बोल्न मानेन् ।

ईरकण इन्टरनेशनलका साइट इन्जिनियर मोल राम जिम्मेवारीबाट पन्छिदै प्रमुख इन्जिनियर रवी साहसँग सम्पर्क गर्न लगाए तर साह भारतको जयनगरमा बस्दै आएकाले सम्पर्कमा आउन चाहेनन् ।

यसरी दुई देश रेलमार्गले जोड्ने गरी निमार्ण भैरहेको ब्रोडगेज रेलमार्ग निर्माण कम्पनीको भरमा छोड्दा खुलमखुल्ला गुणस्तरहिन काम भैरहेको छ ।

मिटरमा चलाउ भन्दा पोखराका ट्याक्सी व्यवसायीहरुको आन्दोलन

पोखरमा मिटरमा नचल्ने तथा मनपरी भाडा लिने ट्याक्सीहरुलाई प्रहरीले कारबाही सुरु गरे पछि यातायात व्यावसायी आन्दोलित बनेका छन् ।

मंगलबार कास्की प्रहरीले विभिन्न स्थानबाट मिटरमा नचल्ने र मनपरी भाडा लिने १६ जना ट्याक्सी चालकलाई पक्राउ गरको थियो । त्यसको विरोधमा बुधबार ट्याक्सी चालकहरुले विच सडकमा ट्याक्सी तेस्र्याएर अवरोध गर्न खोज्दा प्रहरीले हटाएको थियो ।

ट्याक्सी चालकहरुको ज्यादतीका विरुद्व प्रहरीले कडा कदम चाले पछि व्यवसायीहरुले बिहिबार गण्डकी अञ्चलभरका सार्वजनिक यातायात ठप्प पारेर ट्याक्सी चालकको आन्दोलनलाई समर्थन गरेका छन् ।

पोखरामा ट्याक्सीले मिटरमा चल्न नमान्दा सर्वसाधरण उपभोक्ता ठगिदै आएका छन् । व्यवसायीले चालकहरुको रिहाइको माग गरेका छन् ।

प्रहरीले उनीहरुलाई यातयात व्यवस्था कार्यलयमा बुझाएको जनाएको छ । पोखरामा ४ हजार भन्दा बढी ट्याक्सी संचालित छन् ।

ती मध्ये ९० प्रतिशतमा मिटर जडान गरिएका छन् । तर पनि कुनै पनि ट्याक्सी मिटरमा गुड्न मान्दैनन र आफूखुशी भाडा लिन्छन् ।

ठेकेदार र स्थानीय प्रसाशनको मिलेमतोम कपिलवस्तुको बाणगंगा नदिमा अवैद्ध बालुवा उत्खनन्

कपिलबस्तुको बाणगंगा नदीमा स्थानिय प्रसाशनसंगको मिलेमतोमा दैनिक सयौं ट्याक्टर नदिजन्य वस्तुको अवैध उत्खनन भैरहेको छ ।

हामीलाई स्थानीय हाम्रा दर्शकले पटक पटक गुनासा गरेपछि रुपन्देही स्थीत हाम्रा टिभि जर्नलिष्ट कृष्ण पाण्डेनै नदि किनारमा पुगे ।

हामीले धेरै स्थानियहरुसंग यस विषयमा कुरा गर्न खोज्यौ तर कसलै पनि ठकेदारको डरका कारण क्यामेरामा बोल्न मानेन्न ।

बाणगंगा नदि अन्तरगतको श्रृगिघाट सिचाईको बाधको १ किलोमिटर तल देदि बाणगंगा पुलको ५ सय मिटर माथि सम्म ८८ हजार ६ सय घनमिटर नदिजन्य वस्तु उत्खननको लागि एन.वि. कन्स्ट्रक्सनले ९३ लाख ८५ हजार लागतमा ठेक्का पाएको रहेछ ।

तर यस क्षेत्रमा मापदण्ड भन्दा ठुलो मात्रमा अवैध नदिजन्य वस्तु निकासी भैरहेका छन् । दैनिक सयौं ट्याक्टर मार्फत नदिजन्य वस्तु निर्यात भैरहेका छन् ।

अहिले ठेकेदार मार्फत ट्याक्टरमा नदिजन्य वस्तु निकासी भैरहेका छन् । ठेकेदारले व्यवासायीहरुलाई प्रति ट्याक्टर भ्याट सहित ३ सय ३९ रुपयौँ रसिद दिइएर ४ सय देखी ५ सय रुपयौँ सम्म असुली रहेका छन् ।

नदि जन्य बस्तुको अवैद्ध दोहन भैईरहँदा पनि स्थानीय प्रसाशनले कुनै चासो दिएको छैन । यसबाट स्पष्ट हुन्छ कि ठेकेदार र स्थानीय प्रसाशनको मिलेमतोमानै यो सब चलिरहेका छ ।

एक महिना देखि किष्ट अस्पताल बन्द, विद्यार्थीहरुको परीक्षासमेत प्रभावित

कर्मचारीहरुले सेवा सुविधा सम्बन्धी माग राख्दै आन्दोलन गरेपछि ललितपुरको ईमाडोलमा रहेको किष्ट मेडिकल कजेल एक महिना देखि बन्द छ ।

१५ बुँदे माग राख्दै कर्मचारी आन्दोलनमा उत्रिएपछि किष्ट मेडिकल कलेज टिचिङ हस्पिटलको सेवा ठप्प भएको हो । आन्दोलनका कारण १ महिना दिन अस्पताल बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् भने एमबिबिएसका विद्यार्थीहरुको पढाई ठप्प भएको छ ।

डक्टरहरुसहित करिब ५०० जना कर्मचारीहरु रहेको उक्त अस्पतालले आफुहरुलाई सेवा सुबिधा नदिई अस्पताल बन्द गरेको भन्दै हाम्रो कार्यालय आएका छन् ।

आफ्नो अधिकारका लागि कर्मचारीहरु पटक पटक श्रम कार्यालयमा पुगेपनि व्यवस्थापकहरु आएर घरको कुरा घरमै मिलाउने भनि भन्ने गरेको तर व्यावहारमा केही नगर्ने कर्मचारीहरुको गुनासो छ ।

कर्मचारीको आन्दोलनका कारण एमबिबिएस पढाईका साथै एमबिबिएस अन्तिम वर्षका विद्यार्थीहरुको परीक्षा समेत प्रभावित भएको छ । किष्ट अस्पतालमा करिब एमबिबिएसका ६ सय र बिविएसका २ सयजना विद्यार्थीहरु पढिरहेका छन् ।