भारत । एक युवकको मोवाइल फोन भाउजुको कोठामा छुटेपछि उनी राती ११ बजे भाउजुको कोठामा मोवाइल फोन लिन भनेर गए । त्यहाँ ती युवकले अर्को मोवाइल फोनमा अश्लील भिडियो देखाएर भाउजुसँग अनैतिक कार्य गर्ने प्रयास गरेको आरोप लगाउँदै भाउजुले प्रहरीमा उजुरी दिएकी छिन् । ती महिलाले आफ्नो छोराको यस्तो क्रियाकलापमा साथ दिएको भन्दै सासुविरुद्ध पनि उजुरी दिएकी छिन् । महिलाका अनुसार उनका देवरले लामो समयदेखि उनीमाथि खराब दृष्टि राख्ने गर्थे ।

महिलाका अनुसार देवरको नियत पहिलेदेखि नै ठिक थिएन । उनले बेलाबेलामा जिस्क्याउने गर्थे । महिलाले त्यसलाई देवरको केटाकेटीपना सम्झेर बेवास्ता गर्थिन् । केही दिनअघि ती महिलाका पति केही कामको लागि शहरबाहिर गएका थिए ।

त्यो दिन घरमा ती महिलासँग सासु र देवर मात्र थिए । राती ११ बजे देवरले भाउजुको कोठाको ढोका ढक्ढक्याए । महिलाले सोध्दा उनले आफ्नो मोवाइल फोन कोठामा छुटेको बताए । भाउजुले ढोका खोलेपछि उनी भाउजुको कोठामा पसे र अर्को मोवाइलमा अश्लील भिडियो देखाउन थाले ।

भाउजुले उनलाई बाहिर जान पठाइन् । तर, उनले भाउजुलाई समातेर अश्लील क्रियाकलाप गर्न थाले । उनले आफूले भाउजुलाई माया गर्ने बताउँदै त्यहाँ भएको कुनै कुरा बाहिर कसैलाई थाहा नहुने बताए । भाउजुले आत्तिएर चिच्याइन् । त्यसपछि देवरले आफूलाई यो कुरा अरुलाई बताए मारिदिने धम्की दिएको महिलाले बताएकी छिन् ।

महिलाका अनुसार भोलिपल्ट बिहान पनि देवरले यस्तै क्रियाकलाप गर्न थाले । सासुले के गरेको ? भनेर सोधेपछि महिलाले सबै कुरा सासुलाई बताइन् । तर सासुले उल्टै मर्दले जे पनि गर्न सक्छ भनेको ती महिलाले बताएकी छिन् ।

भारतको इन्दौर शहरको लसुडिया थाना क्षेत्रकी ती महिलाले सासु र देवर मिलेर आफूलाई फसाउन षड्यन्त्र गरेको समेत आरोप लगाएकी छिन् । उनका अनुसार देवर राती मोवाइल लिने बहानामा आउँदा उनका श्रीमान् अहमदाबाद गएका थिए । देवरको कुराको बिरोध गर्दा उनीहरुले आफ्ना पतिलाई आफू नै राती ४ बजे देवरको कोठामा गएको झुटो आरोपसहित म्यासेज गरेको महिलाले आरोप लगाएकी छिन् ।

महिलाले आफूविरुद्ध आफ्ना पतिलाई सासु र देवरले भड्काएको बताएकी छिन् । उनले आफू पतिसँगै बस्न चाहेको र आफू गलत भए प्रमाणित गर्न पतिलाई चुनौती दिँदै सासु र देवरविरुद्ध मुद्दा दिएकी छिन् । प्रहरीले मुद्दा दर्ता गरेर जाँच अगाडि बढाइएको जनाएको छ । -डिसी नेपाल बाट