– शान्तिराज राई

सबैलाई थाहा छ जुनसुकै देशको भएनी एउटा नागरिक भैसके पछि अभिभावक सरकार नै हो । त्यो सरकार भनेकै सबैको आवाज समेटिएर जनमतले बनेको हुन्छ । सरकारको काम भनेको न्याय हराएकाहरुलाई न्याय, खान नपाएका हरुलाई गासको व्यवस्था, पढ्न नपाएकाहरुलाई शिक्षा, आफ्नो देशको नागरिक माथी केही देशी विदेशी शक्तिहरुले आक्रमण गरे त्यस्को प्रतिरक्षा नै हुन । समग्रमा भन्नुपर्दा आफ्नो सारा संसार त्यागेर आफ्नो सन्ततिको लागि दुख गर्न पुजनिय बुवा आमा जस्तै हो सरकार । जो सरकार निर्माणका लागि आफ्ना जो सैद्धान्तिक रुपमा अरबौ रुपैया भन्दा बढिको अमुल्य मतदान गरेर देश र आफ्नो जिम्मा लगाइएको हुन्छ । अरबौ रुपैयामा मतलाई मुल्य तोकेको हैन उढाहरण मात्रै जस्तै बिस्वकै धनी बिल गेटसको मत पनि एक नै होर सुदामाको पनि एक नै गनिन्छ। बिस्वमा रगतको श्रेणी छुट्टिएकोमा श्रेणी नछुट्टिएको तपाईं हाम्रै मत मात्र हो । हो त्यसैले सरकार सङ्ग मेरो एउटा आम नागरिक भएको हैसियतले केही मागहरु राख्दैछु ।

मेरा मागहरू यी निम्न व्याक्तिहरुलाई जेल हालियोस !

१. कुलमान घिसिङ – कुनै समय थियो जब मेरो गोजिमा Androdoid र IOS फोनहरु हुदाहुदै नि घरमा बिजुलीको लाइन हुदाहुदै नि चार्ज नभएर मोबाइल स्विच अफ हुन्थ्यो । तब मैले समपर्कमा रहनि नि १ हजारको फोन दलालहरुबाट २ हजारमा लिनु पर्थ्यो । त्यसलाई जोगाउन पावर ब्यान्क जो ३ सयमा आउने ३ हजार तिर्नु पर्थ्यो । साधरण आफ्नै देशमा केही गरौ भनेर फोटोकपी र फोटो स्टुडियो चलाएको थिए त्यसलाई चलाउन ५० हजारको जेनेरेटर १ लाख सम्म तिर्नु पर्थ्यो । यस्तै बिचौलियाहरुले रजाइँ गर्दै गर्दा सरकारले नै खराब निर्णय गर्यो । जबकि यो देशलाई बिद्धुत भित्रको माफियाहरुलाई तह लाउन र विद्युतको ज्ञान भएको दक्ष कुलमानलाई नियुक्त गरेर गरिबहरुको आय भार कम गराएर सरकारले माफियाहरुको अरबौ रुपैयाको कारोबारमा घाटा पुर्याएको छ । त्यसैले तुरुन्त कुलमान घिसिङलाई पक्रेर जेल हालियोस !

२. धुर्मुस, सुन्तली – जबकी नेपालको हास्य बिधाको नम्बर १ जोडि र नम्बर १ टेलि सिरियल “मेरि बास्सै” हुदाहुदै जहिल्यै देश बिदेशको महोत्सवमा लाखौ कमाउदै र हजारौं दर्शकलाई हसाउदा हसाउदै गाउँबाट आएको मान्छे काठमाडौमा घर हुदाहुदै थपक्क जान्ने भएर भुकम्प पीडितहरुको घर बनाउदै हिड्नु सरासर गलत हो । जुन काम सरकारले भुकम्प गएपछि आजका दिनसम्म सरकारले गर्दै आएकै छ । त्यति मात्रै नपुगेर हिउँदमा कठिङृएर शितलहरले मर्ने मुसाहर बस्तिमा गएर घर बनाएर अन्याय गरेका छन । यस्तै हो भने सारा नेपाली जनताहरु सङ्ग मिलेर देशैकै पुरातत्त्व “धरहरा” बनाउन बेर छैन । त्यसैले तत्काल उनीहरुलाई पनि पक्रेर जेल हालियोस !

३. रबि लामिछाने – सरकार मलाई असाध्यै जलन भएको छ । म सामन्य पत्रकार सरकारले देशको चौथो अङ्गको रूपमा जिम्मेवारी दिएको छ । रबि लामिछाने आएर हाम्रो गुम्दै र बदनाम हुँदै गएको पत्रकारिताको शिर उठाउने काम गरे । कहिकतै म पत्रकार भन्दा कुन चाहिको चम्चा हो भन्ने डरले कहिलेकाही आफ्नो पेशा नै ढाट्थे । अचानक आएर अमेरिकाको PR हुदाहुदै नेपाल एक्कासि आएर गुम्दै गरेको पत्रकारिताको साख फर्काएर भुल गर्दै छन । जो अमेरिकामै बसेर पेट्रोल भरेरै भएनी नेपाली १,२ लाख कमाउन सक्थे । आफ्नै परिवार सङ्ग रमाउन सक्थे आज आएर सुन्दै छु खै कता गरिब वस्तिमा घर बनाई दिने रे ।
सरकार त्यसैले उसलाई पनि पक्राउ पुर्जी जारी गरियोस् ।

डाक्टर गोविन्द केसी – सरकारले जस्लाइ पक्रनु भएको छ । सरकारबाट स्वागत योग्य काम भएको छ । जो आफ्नो बारेमा नसोचि जहिल्यै जनताको बारेमा मात्रै सोच्नु, देशमा खराव काम भयो कि सच्याउनु पर्छ भनेर अनसन बसि हाल्नु, जाजरकोटमा झाडापखालाले मान्छे मर्दै गर्दा आफ्नै ढंगले औसधि लिएर पुग्नु, तराईमा बाढी आएर डुब्दै गर्दा उद्दारको लागि पुग्नु, गरिब जनताको छोराछोरीले पनि डाक्टर पढ्न पाउनुपर्छ भन्नू जस्ता उहाको धेरै गल्तीहरु छन छन ।
त्यसैले डाक्टर गोविन्द केशिलाई पक्राउ गर्नुभएकोमा सरकारलाई धन्यवाद ।