युएई । युएई सरकारले जनवरी १ तारिख सोमबारदेखि अभिबृद्दी कर (भ्याट ) ५ प्रतिशत लागू गरेको छ । झन्डै ३ लाख नेपाली कार्यरत रहेको युएईमा मुल्य अभिबृद्दी कर लागू भएसङ्गै त्यसबाट लाखौ नेपाली प्रत्यक्ष प्रभावित भएका छन । अन्य देशको तुलनामा मासिक तलब (बेसिक स्यालरी )मा समेत कमजाेर रहेको युएईमा कर लागू भएसङ्गै अब दैनिक रूपमा हुने खर्चमा ३ देखि ५ प्रतिशतले वृद्धि हुनेछ भने ,युएई सरकारले तत्काल सबै छेत्रका कामदारको तलब बढाउने देखिदैन ।

नेपालमा आर्थिक बर्ष २०४९/५० बाट नै मुल्य अभिबृद्दी कर लागू गरे पनि खाडीका देश युएई र साउदी अरबमा भने सन् २०१८ बाट मात्रै कर लागू भएको जानकारी स्थानीय सन्चार माध्यमले दिएका छन । सरकारले प्राय जसो सबै किसिमको बस्तु र सेवामा भ्याट लगाएको छ। शिक्षा क्षेत्रकाे मासिक शुल्कमा भ्याट नलगाएपनि बिद्यालयले लिने अन्य शुल्कहरु यातायात, पोशाक र सेवाजन्य शुल्कहरुमा भने ५ प्रतिशत भ्याट लाग्नेछ । त्यसैगरी अस्पताल शुल्क, भिसा शुल्क, हवाइ टिकट, सार्वजनिक यातायात र कामदारहरुको तलबमा भ्याट लाग्ने छैन ।

तर पेट्रोलियम पदार्थ, सवारी साधन मर्मत र टोल गेट ट्याक्समा भने भ्याट लाग्नेछ । कामदारहरुलाई दिईएको मेडिकल इन्स्युरेन्स सुबिधाको प्रिमियममा भने भ्याट लाग्नेछ । कामदार मृत्यु हुँदा पाउने ईन्सुरेन्समा (जीवन बिमा) भने भ्याट लाग्नेछैन । मेडिकल इन्स्युरेन्सको प्रिमियममा लाग्ने भ्याट कम्पनीले तिर्नु पर्नेछ ।

सरकारले मुल्य अभिबृद्दी कर लागु गरे सङ्गै मासिक तलबमा वृद्धि नगरे पछी थोरै तलबमा काम गर्दै आयका नेपाली लगायत अन्य रास्ट्रका नागरिकलाइ अब युएईमा रहन धौधौ हुने भएको छ । सन्चार माध्यमका अनुसार युएई र साउदी अरब सङ्गै खाडिका अन्य मुलुकमा समेत केहि समय भित्रनै मूल्य अभिबृद्दी कर लागू हुने बताइएको छ ।